राष्ट्र बैंकले बढायो मौद्रिक नीतिको समीक्षा अवधि

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने समय अवधि बढाएको छ । बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन गर्दै समीक्षा सार्वजनिक गरिसक्नु पर्ने समय अवधि थप गरेको हो। संशोधित कार्यविधिमा अब त्रैमास सकिएको ४५ दिन भित्र समीक्षा सार्वजनिक गर्नु पर्ने व्यवस्था गरिएको छ । यस अधि त्रैमास सकिएको ३० दिनभित्र […]

२४ लघुवित्तले नाफा कमाउदाँ सबैभन्दा अगाडि फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्म आइपुग्दा ५१ वटा लघुवित्त मध्ये २४ वटा लघुवित्तले नाफा कमाएका छन् । चालु आर्थिक वर्षको त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गर्ने लघुवित्तहरु मध्ये सबैभन्दा बढी नाफा कमाउनेमा फ्रस्ट माइक्रो फाइनान्स लघुवित्त रहेको छ भने , त्यसपश्चयात क्रमशः मेरो माइक्रोफाइनान्स , स्वलम्बन लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त, आरएसडिसि लघुवित्त, ग्लोबल […]

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक  र बडीमालिका नगरपालिकाबिच  सरल र सहजरुपमा कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले पालिका भित्रका कृषक, कृषि उद्यमी, कृषि फर्म तथा कृषि कर्ममा स्वरोजगार बन्न चाहने नगरबासिहरुलाई सरल र सहजरुपमा कर्जा प्रवाह गर्नेछ । यो खालको कर्जा प्रबाहले नगरबासीमा उद्यमशिलता मार्फत आत्मनिर्भर र स्वरोजगार प्रवद्र्धनमना सहयोग […]

घर जग्गामा बैकहरुको ६३० अर्ब लगानी लगानी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले घर जग्गामा बैंकहरुको लगानी ६३० अर्ब रुपैयाँ रहेको बताएका छन्। नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल स्टेट सम्मेलनको दोस्रो दिन सोमबार अध्यक्ष केसीले रियल स्टेट र हाउजिङलाई समावेश गर्दा बैंकहरुको लगानी ६३० अर्ब रहेको बताएका हुन्। घर जग्गामा बैंकहरुको कुल लगानीको १३ प्रतिशत भएको […]

गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरमा प्रभु बैंकका ग्राहकले  छुट पाउने

काठमाडौं । गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरले प्रभु बैंक बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा छुट दिने भएको छ । गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टरका अध्यक्ष दिपक प्रकाश बास्कोट र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले सो सम्झेतामा हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, बैंक कर्मचारी तथा […]

एभरेष्ट बैंकको मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय सोही नगरको वडा नं. ४ आदर्शनगरमा आफ्नै नव निर्मित भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको छ । उक्त स्थानान्तरण तथा शुभारम्भ कार्यक्रममा वीरगंज चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष हरि गौतम, बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्य लगायत […]

मिथिला लघुवित्तको नाफा ४१ प्रतिशतले बढ्यो, प्रति शेयर आम्दानीमा पनि सुधार

काठमाडौं । मिथिला लुघवित्त वित्तीय संस्थाका चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा खुद नाफा बढेको देखिएको छ। लघुवित्तले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३ करोड ५४ हजार रुपैयाँ छ। गत आर्थिक वर्ष सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा ४१.५१ प्रतिशतले बढेको हो। गत आवमा लघुवित्तको खुद नाफा २ करोड […]

नबिल बैंकको २६८औँ शाखा दैलेखमा

काठमाडौं । नबिल बैंक लिमिटेडले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नबिल बैंकले आफ्नो २६८ औँ शाखाको रूपमा दैलेख जिल्लाको दुल्लू नगरपालिकामा शाखा विस्तार गरेको हो । यस विस्तारसँगै नबिल बैंक दुल्लू नगरपालिकाको पहिलो निजी क्षेत्रको बैंकका रुपमा सेवा दिन सफल भएको हो । दुल्लू नगरपालिका प्रमुख भरतप्रसाद रिजाल, नबिल बैंकका […]

इनिफनिटी लघुवित्तको खुद नाफा २८० प्रतिशतले बढ्यो

काठमाडौं । इनफिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गर्दै संस्थाले खुद नाफामा बढेको बताएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद नाफा ५ करोड २५ लाख रुपैयाँ पुगेको हो । जुन गत आर्थिक वर्षको सोहि अवधिमको तुलनामा २ सय ८०.५७ […]

कामना विकास बैंकले संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका संस्थापक शेयरधनीहरूले ७३ हजार ८ सय ४१ कित्ता शेयर बिक्री गर्न ईच्छा राखी निवेदन दिएकाले राष्ट्र बैंकको निर्देशन अनुसार बैंकका संस्थापक शेयरधनीहरुले नै खरिद गर्ने गरी उक्त शेयर विक्रीमा ल्याएको हो । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित […]