लगानी सम्मेलनमा १ सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आयोजना हुन तेस्रो लगानी सम्मेलनमा १ सय ५१ परियोजना प्रस्तुत गरिने भएको छ। पर्याप्त पूँजी, प्रविधि र मानव संसाधनको लागि सरकार र निजी क्षेत्रका साथै बाह्य लगानी पनि आवश्यक भएकाले समग्र देशको विकासमा योगदान गर्ने ठानिएका ती परियोजना […]

लगानी सम्मेलनः १ हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् । सम्मेलनका नेपालका तीन […]

लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन चाहिन्छ : डा खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन संशोधन र नयाँ कानुन आवश्यक रहेको बताएका छन्। आइतबारदेखि यहाँ सुरु हुन लागेको दुईदिने लगानी सम्मेलनको पूर्वसन्ध्यामा रासससँग कुरा गर्दै उनले भने, “सबै कानुन बनाउन सकिएको छैन, आवश्यक बाँकी कानुन बनाउनुपर्छ। ठूला आयोजना सञ्चालनमा लागि लगानी बोर्डको क्षमता बढाउनुपर्ने छ। एकद्वार प्रणालीलाई साँच्चै […]

बजार पुँजीकरणमा नेपाल टेलिकम अगाडि

काठमाडौं । नेप्सेमा बजार पुँजीकरणमा शीर्षस्थानमा नेपाल टेलिकम रह्यो । नेपाल स्टक एक्सचेन्जका अनुसार चैत महिनामा नेपाल टेलिकमको १ खर्ब ५१ अर्ब रुपैयाँ बजार पुँजीकरण रहेको छ । दोस्रोमा नबिल बैंकको १ खर्ब १८ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने त्यसपश्चयात तेस्रोमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको १ खर्ब ११ अर्ब १८ करोड रुपैयाँ र चौथोमा […]

सुनकोशी–मरिण डाइभर्सन : ११० मिटर सुरुङ खन्न बाँकी

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजनाको सुरुङ खन्ने काम अब ११० मिटर मात्रै बाँकी रहेको छ। तराई–मधेशका विभिन्न जिल्लामा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको छ। कुनै भौगोलिक जटिलता उत्पन्न नभएका खण्डमा यही […]

बागलुङ कालिका मन्दिरमा चैते दसैँमा ४० लाख भेटी सङ्कलन

बागलुङ (गलकोट) । गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठका रुपमा रहेको बागलुङ कालिका मन्दिरमा चैते दसैँको अवसरमा रु ४० लाख भेटी सङ्कलन भएको छ । कालिका मन्दिरमा बडादसैँ र चैते दसैँमा सबैभन्दा बढी भेटी सङ्कलन हुँदै आएको छ । कालिका मन्दिरमा यस पटकको चैते दसैँ (नवरात्री) को अवसरमा रु ४० लाख ७२ हजार पाँच सय ५८ भेटी […]

नेपालको ‘ रेटिङ ’ प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढाएको छ । मुलुकको वित्तिय अवस्था तथा साख क्षमताको चित्र देखिने विभिन्न आधारमध्ये सोभरेन क्रेडिट रेटिङ मुख्य आधार हो । यस्तै मुलुकको लगानी जोखिमको अवस्थाबारे यथार्थ जानकारी लिन सोभरेयन क्रेडिट रेटिङ गर्ने गरिन्छ । वैदेशिक लगानीकर्ताले लगानीको पूर्वसर्तका रुपमा […]

१६ औं योजनाको आर्थिक वृद्धिद्धदरको लक्ष्य ७.३ प्रतिशत

काठमाडौं । राष्ट्रिय योजना आयोगले आर्थिक वृद्धिदरको लक्ष्य सात दशमलव तीन प्रतिशत राखेको छ । आयोगले बिहीबार राष्ट्रिय विकास परिषद्को बैठक राखि १६औँ योजनाको मस्यौदा सार्वजनिक गर्दै योजना कार्यान्वयनको क्रममा सात दशमलव तीन प्रतिशत सम्म आर्थिक वृद्धिदर हासिल गर्न सकिने नयाँ लक्ष्य तय गरेको छ । १६औँ योजना कार्यान्वयनको अन्तिम वर्षमा प्रतिव्यक्ति आय, मानव विकास सूचकांक, मानव […]

देशमा लगानीको वातावरण बन्दै गएको छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसङ्घ (सिएनआई) का अध्यक्ष राजेशकुमार अग्रवालले लगानीको वातावरण बनाउन सरकारले अधिकतम सहजीकरणको नीति अङ्गीकार गरेसँगै अब लगानी बढ्दै जाने विश्वास व्यक्त गरेका छन् । मुलुकमा लगानी वातावरण सुधारका लागि सरकारले चालेका कदमबाट निजी क्षेत्र उत्साही बन्दै गएको उनले बताए । आइतबारदेखि आयोजना हुने तेस्रो लगानी सम्मेलनलाई नतिजामुखी बनाउन भइरहेका आन्तरिक प्रयास […]

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको छ । बुलबुले ताल घुम्न जाने पर्यटकलाई थप सुविधा दिने उद्देश्यले बोटेबोरा कम्पनीले बुलबुल तालमा मोटरबोट सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार रु एक करोड लगानीमा मोटरबोट सेवा उपलब्ध गराएको हो । सरसफाइ अभावमा अव्यवस्थित बनेको तालमा आफ्नै लगानीमा सरसफाइ गरी मोटरबोट सेवा सुरु गर्न […]