मौद्रिक नीतिमा ब्याज स्प्रेडदरको नयाँ व्यवस्था, ४.५ प्रतिशत कायम, कुन कुन बैंकले स्प्रेडदर घटाउनु पर्ने भयो?


इक्विटी नेपाल - काठमाडौँ :
नेपाल राष्ट्र बैंकले हिजो सर्वजनिक गरेको आ.व २०७५/७६को मौद्रिक नीति मार्फत बैंक तथा वित्तिय संस्थाले निक्षेप र कर्जाको ब्याजदरको अन्तर(स्प्रेडदर) को सीमा घटाएको छ। हाल कायम रहेको स्प्रेडदर ५ प्रतिशतबाट घटाएर ४ दशमलव ५० प्रतिशत कायम गरेको छ। 
चैत्र मसान्तसम्मको वाणिज्य बैंकहरुको निक्षेप र कर्जाको ब्याजदरको अन्तर हेर्ने हो भने अधिकांश बैंकहरुको स्प्रेडदर औषतमा ४ दशमलव ०५ प्रतिशत रहेको छ। 
राष्ट्र बैंकको अनुसार वित्तिय क्षेत्र रणनीतिमा भएको व्यवस्थालाई ध्यानमा राखी वाणिज्य बैंकहरुले निक्षेप र कर्जाको ब्याजदरको अन्तर ४ दशमलव ५० प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरेको जनाएको छ। यसै व्यवस्था अनुसार राष्ट्र बैंकले आगामीदिनगरुमा क्रमश: स्प्रेडदर घटाउदै लाग्ने जनाएको छ। 

वाणिज्य बैंकहरुले अहिले नयाँ व्यवस्था अनुसार स्प्रेडडर कायम गर्न आगामी २०७६ असारसम्मको समय सिमा तोकिएको छ। 

चैत्र मसान्तसम्मको वाणिज्य बैंकहरुको निक्षेप र कर्जाको ब्याजदरको अन्तर हेर्ने हो भने अधिकांश बैंकहरुको स्प्रेडदर औषतमा ४ दशमलव ०५ प्रतिशत रहेको छ। 

तेस्रो त्रैमासको प्रतिवेदन अनुसार ८ वटा वाणिज्य बैंकहरुको मात्र स्प्रेडदर ४ दशमलव ५० प्रतिशत भन्दा धेरै रहेको छ। यसरि ४ दशमलव ५० प्रतिशत भन्दा धेरै स्प्रेडदर हुने बाणिज्य बैंकहरुमा सरकार स्वामीत्व भएका तीनओटै बैंकसंगै अन्य निजि क्षेत्रका ४ वाट बैंक रहेका छन्। सबै भन्दा धेरै स्प्रेडदर कृषि विकास बैंकको रहेको छ। यस बैंकको स्प्रेडदर ५ दशमलव ६१ प्रतिशत रहेको छ। 

स्प्रेडडर ४ दशमलव ५० प्रतिशत भन्दा धेरै भएका बाणिज्य बैंकहरु यस प्रकार रहेका छन् :


त्यस्तै संचालित बाणिज्य बैंकहरु मध्ये ९ वटाको स्प्रेडदर ४ प्रतिशतदेखि ४ दशमलव ५० प्रतिशतको बीचमा रहेको छ। स्प्रेडडर ४ प्रतिशतदेखि ४ दशमलव ५० प्रतिशत भएका बाणिज्य बैंकहरु यस प्रकार रहेका छन् :


त्यस्तै ११ वटा बाणिज्य बैंकहरुको स्प्रेडडर ४ प्रतिशतभन्दा कम रहेको छ। सबै भन्दा कम स्प्रेडडर रहेको बैंकमा सिभिल बैंक लिमिटेड रहेको छ। स्प्रेडडर ४ प्रतिशत भन्दा कम भएका बाणिज्य बैंकहरु यस प्रकार रहेका छन् :


प्रकाशित मिति : २०७५ असार २७ गते