क्रेडिट क्रन्च के हाे ? कसरी हाेला समाधान ?


इक्विटी नेपाल - काठमाडौँ :
करिब ३ महिना अगाडि एनअाइसि एशिया बैंकले १२ प्रतिशत ब्याज दिने गरी शुरू गरेकाे धनवर्षा वचत याेजनालार्इ साे समयमा बैंकर्सहरूबीच विवाद भएपछि बन्द गरिएकाे थियाे । नबिल बैंक एवं बैंक अफ काठमाण्डाै लगायतका बैंकहरूले घुमाउराे भाषामा ल्याएकाे यस्तै किसिमका १२ प्रतिशत माथिका अन्य याेजनालार्इ पनि बन्द गरिएकाे थियाे । तर ३ महिना पछि फेरी एनअाइसि एशिया बैंकले धनवर्षा वचत याेजनालार्इ पुनः शुरू गरेकाे छ भने सिभिल बैंकले पनि १२.२२ प्रतिशत ब्याज दिनेगरी चन्द्रसुर्य वचत याेजना अघि सारेकाे छ । यसले अाम लगानीकर्ता तथा बैंकबाट ऋणलिने अाशमा रहेका ग्राहक तथा बैंककाे ब्याजदरले प्रभावित हुने सबै क्षेत्रका लगानीकर्ताहरूमाझ विभिन्न प्रश्चनहरू सिर्जना गरेकाे छ । के अझै पनि तरलताकाे समस्या बाँकी नै छ ? के हामीकहाँ एउटा बैंकबाट अर्काे बैंकमा तरलता सर्न सकिराखेकाे छैन जसका कारणले क्रेडिट क्रन्चकाे समस्या फेरि देखिएकाे हाे? खासमा तरलताकाे समस्या कम हुँदै गइराखेकाे छ भन्ने परिप्रेक्ष्यमा किन बढिराखेकाे बैंककाे ब्याज ? के बैंकहरूमा फेरि सुरू भएकाे हाे त क्रेडिट क्रन्च ? क्रेडिट क्रियएसन किन हुन सकिराखेकाे छैन ? कहाँ छ त समस्या ? अादि अादि ।

क्रेडिट क्रिएसन
सर्वप्रथम क्रेडिट क्रन्च जान्न अघि क्रेडिट कसरी सिर्जना हुन्छ त्याे बारे बुझ्नु अावश्यक हुन्छ । मुलतः क्रेडिटकाे सिर्जना हामीले बैंकमा जम्मा गर्ने निक्षेप सँगै शुरू भएकाे हुन्छ । नेपालमा पनि विभिन्न बैंक वित्तिय संस्थाहरू रहेकाछन् । ती सबैं बैंक वित्तिय संस्थाले निक्षेप लिएका हुन्छन् । यसरी लिएकाे निक्षेपकाे करिब ८० प्रतिशत जति रकम पुन उनीहरूले ऋण दिने गर्दछन् । यसरी लिएकाे निक्षेपकाे कति प्रतिशत ऋण दिन पाउने भन्ने सीमा केन्द्रिय बैंकले ताेकिदिएकाे हुन्छ । नेपालमा पनि क्रेडिट टु डिपाेजिट अनुपात ताेकिएकाे छ । याे ८० प्रतिशत रहेकाे छ । यस्ताेमा लिएकाे १०० रूपैयाँ निक्षेपबाट अर्काे पटक ऋण दिनुपर्दा ८० रूपैयाँ दिन पाइन्छ । त्यस्तै त्याे ८० रूपैयाँ लिने व्यक्ति वा संस्थाले पुन साे रकम लगेर अर्काे बैंकमा जम्मा गर्छ । यसबापत साे बैंकमा ८० रूपैयाँ निक्षेप जम्मा हुन्छ । पुनः त्याे ८० रूपैयाँकाे ८० प्रतिशत अर्थात रू. ६४ रूपैयाँ त्याे बैंकले ग्राहकलार्इ ऋण दिन पाउँछ । यसरी नै याे रकम बैंकिंग प्रणालीमा घुमिराखेकाे हुन्छ । यसरी घुम्दा एक पटक जम्मा गरिएकाे १०० रूपैयाँबाट करिब ५०० रूपैयाँसम्मकाे क्रेडिट क्रिएसन हुने रहेछ ।

क्रेडिट क्रन्च
नेपालमा लामाे समयदेखि क्रेडिट क्रन्चकाे समस्या देखिँदै अाएकाे छ । याे समस्या २०७३ सालकाे दाेश्राे त्रैमास शुरू भएदेखि नै शुरू भएकाे हाे र याे झन् झन् गहिराे बन्दै गइरहेकाे देखिन्छ । क्रेडिट क्रन्च धेरै कारणले हुन्छ तर हाम्राे अार्थिक प्रणाालीमा भने वैदेशिक व्यापार घाटा एवं रेमिट्यान्स दरमा अाएकाे कमी प्रमुख रहेकाे छ । अब बैंकिंग प्रणालीमा पैसा रहेसम्म साे पैशा कहिले निक्षेप त कहिले ऋण भएर घुमिरहन्छ । हाम्राे देश कृषि प्रधान देश भने ता पनि हामी ठूलाे मात्रामा कृषि पैदावार अायात गर्छाैं । चामल मात्रै हामी करिब २५ लाख मेट्रिक टन वार्षिक अायात गर्ने रहेछाैं । हाम्राे बजेटकाे कुल एक तिहाइ बराबरकाे रकम त हामीले विभिन्न पेट्राेलियम पदार्थकाे अायातमै खर्च गरिराखेका हुन्छाैं । 

अायात र क्रेडिट क्रन्च काे के सम्बन्ध छ भन्नुहाेला ? पक्का पनि छ । क्रेडिट क्रन्च बुझ्न एकछिन अघि कै उदाहरणमा फर्किअाैं । १०० रूपैयाँ बैंकमा जम्मा भएपछि ८० रूपैयाँ ऋण बैंकले ऋण दिन्छ । अब त्याे ८० रूपैयाँ साे बैंकबाट निस्केर अर्काे बैंकमा जम्मा हुन पुग्छ । अब त्याे ८० रूपैयाँकाे पनि ६४ रूपैयाँ पनि ऋण दिन मिल्छ । अब व्यापारीले ६४ रूपैयाँ लिएर विदेशबाट अायात गरेकाे सामानकाे भुक्तानी गर्न डलर वा विदेशी मुद्रा खरिद गर्छ भने अब जुन बैंकबाट उसले खरिद गर्छ त्यहाँ साे पैशा अब निक्षेपकाे रूपमा जम्मा हुँदैन । किनकि साे बैंकले नेपाली मुद्रा लिएर अाफ्नाे विदेशि मुद्रा व्यापारीलार्इ दिएकाे हुन्छ । अब साे पैसा प्रणाालीबाट बाहिर निस्कन्छ । त्यसकारण क्रेडिट क्रिएसनकाे काम राेक्किन्छ ।

हाम्राे अर्थ व्यवस्था पूर्णरूपमा अायातमुखी बनेकाे छ । १ रूपैया निर्यात गर्दा हामीले १० रूपैया ४० पैशा बराबरकाे अायात गर्ने तथ्य व्यापार प्रबर्धन केन्द्रले प्रकाशित गरेकाे ९ महिने प्रतिवेदनमा उल्लेख छ । अर्थात चालु वर्षकाे गएकाे ९ महिनामा हामीले ५९ अर्ब बराबरकाे निर्यात गरेका छाैं भने ८ खर्ब ७६ अर्ब २९ कराेड बराबरकाे अायात गरेका छाैं । यसले गर्दा हाम्राे व्यापार घाटा लगातार बढिरहेकाे छ । यसले हाम्राे सञ्चित काेषलार्इ समेत घटाउँदै लगेकाे देखिन्छ । अायात करिब २० प्रतिशतले बढ्दा वैदेशिक मुद्राकाे प्रमुख श्राेत रेमिट्यान्स अाप्रवाहमा केवल ५ दशमलव ६ प्रतिशतकाे वृद्धि मात्रै भएकाे छ ।

समाधान के त ? 
हाम्राे अर्थतन्त्रमा लगातार क्रेडिट क्रच्नकाे अवस्था सिर्जना हुनुमा यसरी लगातार बढ्दाे अायात तथा वैदेशिक घाटा नै प्रमुख कारण हाे । जबसम्म अायात प्रतिस्थापन भर्इ नियन्त्रणभित्र अाउन सक्दैन र शाेधान्तर माैज्दात (ब्यालेन्स अफ पेमेन्ट) सकारात्मक हुँदैन तबसम्म यस्तै अवस्था कायम रहिरहने देखिन्छ । त्यसकारण सरकारले यथाशक्य छिटाे अायात प्रतिस्थापन गर्ने कलकारखाना, उद्याेगधन्दा स्थापना गरी सञ्चालन गर्ने वातावरण तयार गर्ने एवं भएका यस्ता उद्याेग व्यवसायलार्इ प्राेत्साहन गर्ने दिशामा ध्यान दिनु जरूरी छ । यस्तै विद्युत तथा विद्यतिय प्रविधिमा अाधारित यातायातलार्इ बढावा दिनुका साथै विद्युत उत्पादन गर्ने तथा प्रसारण लाइन विस्तार गर्नेतर्फ सरकारले विशेष प्राथमिकता दिर्इ काम गर्नुपर्ने टड्काराे अावश्यकता देखिन्छ ।

प्रकाशित मिति:  २०७५ जेष्ठ  २९ गते