पूँजीगत लाभकर गणनाः समाधानकाे वैज्ञानिक उपाय


इक्विटी नेपाल - काठमाडौँ :
लगानीकर्ताहरू हकप्रद तथा बाेनस वापतकाे शेयरमा पूँजीगत लाभकरकाे नयाँ गणना विधिबाट मारमा परेकाे निश्चित छ । सरकार एवं यस अन्तगरतकाे निकायले यसलार्इ सतही मात्रै बुझेकाे हाे भने त्याे नेपाली पूँजी बजारकाे लागि निसन्देह घातक हाे । किनकि कुनै पनि बाेनस वा हकप्रद यत्तिकै सजिलै शेयरधनीकाे हातमा परेकाे हुँदैन । यसका लागि उनीहरूले धेरै ठूलाे जाेखिम माेलेर उक्त कम्पनीकाे शेयर किनेका हुन्छन् र लामाे समयकाे पर्खार्इपश्चात उनीहरूकाे हातमा बाेनस वा हकप्रद वापतकाे शेयर परेकाे हुन्छ । यसबीच उनीहरूले बजारमा हुने उतारचढावले दिएकाे मानसिक तनाव, चर्काे बैंककाे ब्याजदर लगायतका थुप्रै कुराहरू भाेगका हुन्छन् । तबमात्रै बाेनस वा हकप्रद वापतकाे शेयर हात लाग्ने हाे । तसर्थ सरकारले वैज्ञानिक ढंगबाट करकाे गणना गर्ने तर्फ ध्यान दिर्इ केही न केही रूपमा शेयरमा लागेका करिब १५ लाख लगानीकर्ताहरूलार्इ राहत दिनै पर्ने हुन्छ ।
लगानीमा जहिले पनि टाइम भ्यालु अफ मनिकाे पनि हिसाब गरिने हुँदा इन्फ्लेसनलार्इ एडजस्ट नगरी केवल अाैषत दरमा मात्रै पूँजीगत लाभकर लाउने हाे भने पनि त्यति वैज्ञानिक देखिँदैन । 
तर यसाे भन्दैमा फेरी लगानीकर्ताहरूले कर नै तिर्न नचाहेकाे भने हाेइन र यसलार्इ अपव्याख्या गर्दै त्यसरी सम्बन्धित निकायका मान्छेहरूले बुझिदिनु पनि हुँदैन । शेयर काराेबारमा संसारभरी नै विभिन्न स्वरूपका कर लगाइएकाे हुन्छ । कसैले सेक्युरिटिज काराेबार कर लगाएका हुन्छन त कसैले पूँजीगत लाभकर लगाएका हुन्छन् ।  यिनै दुर्इवटा विकल्पहरूबीच हाल शेयर काराेबारमा लगाइने करकाे विषयमा रहेकाे अन्याेललार्इ चिर्न केही प्रचलित उपायहरूलार्इ यहाँ प्रस्तुत गरिएकाे छ । 

विधि नं. १ः शेयरमा काराेबार कर लगाइने । 
याे विधिबाट कर लगाइने हाे भने प्रत्येक काराेबारमा कर बुझाउनु पर्ने हुन्छ । यस्ताे विधिबाट कर लगार्इँदा अल्पकालिन अवधि अथवा छाेटाे अवधिका लागि काराेबार गर्ने तथा बजारमा स्पेकुलेसन गर्नेहरूलार्इ केही लागत बढेतापनि धेरै समय हाेल्ड गर्नेहरूकाे लाग भने यसले खासै असर गर्दैन । यस्तै यस बिधिबाट कर लगाइँदा करकाे गणना गर्न पनि सजिलाे हुन्छ साथै कुन चाहीँ मुल शेयर हाे र कुनचाहीँ बाेनस वा हकप्रद वापत हाे भनेर छुट्याउने झन्झट गरिराख्नु पर्दैन । यसले कर बुझाउने तथा कर लिने दुवैलार्इ पारदर्शिता कायम राख्न मद्दत गर्दछ ।  तर यसरी लगाइने करकाे दरभने वैज्ञानिक र न्यायाेचित हुनपर्दछ । काराेबार रकमकाे हिसावमा बढिमा ०.५ देखि ०.२५ प्रतिशतकाे बिचमा विभिन्न स्ल्याब राखी  यसबाट सिधासिधि काराेबार रकम र लाग्ने करकाे दरकाे अाधारमा हिसाव गर्न सकिन्छ । 

उदाहरणका लागिः 
काराेबार कर १० लाख माथिकाे काराेबारकाे लागि ०.३ प्रतिशत लगाइएकाे अवस्थामा । यदि राम भन्ने ग्राहकले कुनै दलालबाट २० लाख बराबरकाे शेयर खरिद गरेकाे छ भने उसले सिधा हिसावबाट रू. ६००० मात्रै कर तिरेपनि पुग्ने हुन्छ । 

संसारमा कहाँ कहाँ सेक्युरिटिज ट्रान्जेक्सन ट्याक्स लगाइएकाे छ ? 
विधि नं. २ अाैषत शेयर खरिद दर तथा इन्फ्लेसन लागत इन्डेक्सकाे अाधारमा
पूँजीगत कर नै लगाउने हाे भने करकाे दर तथा कर गणना विधि स्पस्ट एवं वैज्ञानिक हुन जरूरी छ । यस्ताे भएकाे खण्डमा मात्रै सबै जनताले स्वेच्छाले तथा पारदर्शी ढंगबाट कर तिर्ने अवस्थाकाे शुरूवात हुन्छ । लगानीकर्ताहरूले शेयरलार्इ अाफ्नाे खातामा विभिन्न विधिहरू जस्तै बजारबाट, प्राथमिक निस्कासन, थप निस्कासन वा हकप्रद वा बाेनस अादि विधिबाट संकलन गरेका हुन्छन् । यसलार्इ शेयर एक्विजिसन भनिन्छ । यसरी शेयर एक्विजिसन गर्दा लगानीकर्ताले  कहिले देखि एक्विजिसन गर्न् थालेकाे हाे तबदेखि नै उसले गरेकाे एक्विजसनकाे लागतलार्इ मुद्रास्फितिकाे लागतसँग् समायाेजन गर्न दिर्इ अब हुन नयाँ एडजस्टेड लागतसँग हिसाब गरी अाउने नाफामा मात्रै पूँजीगत लाभकर गणना गर्न पाउने व्यवस्था गर्नपर्ने देखिन्छ ।  याे विधिबाट कर गणनाकाे लागि काराेबार गर्दा खरिद गरिने शेयरकाे अाैषत खरिद दर गणना हुने प्रणालीकाे विकास गर्नुपर्ने हुन्छ । जहाँसम्म लाग्छ अब अाउन लागेकाे नेप्सेकाे अनलाइन काराेबारमा याे प्रकारकाे सुविधा छ हाेला । यदि छैन भने पनि यस्ताे किसिमकाे विकास गर्नुपर्ने हुन्छ । 

हेराैं तस्वीरमा तल :
यसरी काराेबारकाे सबै डिटेल लगानीकर्ताले खातामै हेर्न पाउने व्यवस्था हुने हाे र उसकाे अाैषत खरिद लागत देखिने व्यवस्था मिलाउने हाे भने साे अाैषत एक्विजिसन लागतलार्इ अहिलेकाे अार्थिक वर्षकाे मुद्रास्फिति इन्डेक्स सँग किन्दाखेरीकाे मुद्रास्फिति इन्डेक्सले भाग गर्दा अाउने भागफलले गुणन गरी नयाँ अाैषत एक्विजसन लागत स्थापना गर्न सकिन्छ । साे नयाँ स्थापना गरिएकाे एड्जस्टेड एक्विजिसन लागतलार्इ बिक्रि गरिएकाे दरसँग घटाउँदा मुनाफा भयाे भनेमात्रै साे मुनाफामा पूँजीगत लाभकर लिने व्यवस्था कर कार्यालयले गर्नुपर्ने देखिन्छ । यसकाे लागि प्रत्येक लगानीकर्ताकाे काराेबार खाताकाे पहुँच सिडिएससिलार्इ दिने व्यवस्था मिलार्इ यस किसिमले पूँजीगत लाभकरकाे वैज्ञानिक ढंगबाट गणना गर्न सकियाे भने सबैपक्षलार्इ सर्वस्विकार्य हुनुका साथै दिर्घकालसम्म करकाे गणना तथा यसकाे विधिमा गरिने अनावश्यक चलखेल बन्द गर्न सकिन्छ ।   

उदाहरणका लागिः 
माथिकाे तस्विरमा, अाैषत लागत  १ सय २३ रूपैया १० पैसा रहेकाे छ ।
मानिलिउँ,
शेयर पहिलाेपटक खरिद गरेकाे दर २०१२ काे लागि इन्फ्लेसन इन्डेक्स १००० रहेकाे छ भने अहिलेकाे  सालकाे इन्फ्लेसन इन्डेक्स २२०० रहेकाे छ भने कस्ट अफ इन्फ्लेसन इन्डेक्सकाे भ्याल्यु २२०० भागा १००० गर्दा २ दशमलव २ अाउँछ ।

अब यसलार्इ फेरी अाैषत लागतसँग गुणन गर्ने हाे भने २.२ गुणा १२३.१० गर्दा, नयाँ एडजस्टेड लागत प्रतिशेयर रू. २७०.८२ पैसा हुनअाउँछ ।

अब यदि मैले माथिकाे तालिका अनुसार शेयर बेच्ने हाे भने मेराे प्रतिशेयर लागत रू. २७०.८२ हाे र बिक्रिगर्ने दर रू. २१५ (अन्तिम काराेबार मुल्य) । यस अनुसार मलार्इ प्रतिशेयर ५५ रूपैयाँ ८२ पैसा घाटा हुन्छ तसर्थ मैले कुनै पनि पूँजीगत लाभकर तिर्नपर्ने देखिँदैन ।

तर यदि फेरी मैले केवल अाैषत प्रतिशेयर खरिद दर रू. १२३.१० लार्इ इन्फ्लेसनसँग एडजस्ट गर्न नपाउने हाे भने मेराे प्रतिशेयर लागत १२३.१० मात्रै रहन्छ र बिक्रिदर २१५ हुँदा मलार्इ प्रति शेयर ९१.९० पैसा मुनाफा भएकाे देखिन्छ । यस्ताे अवस्थामा भने मैले पूँजीगत लाभकर तिर्नुपर्ने देखिन्छ ।

लगानीमा जहिले पनि टाइम भ्यालु अफ मनिकाे पनि हिसाब गरिने हुँदा इन्फ्लेसनलार्इ एडजस्ट नगरी केवल अाैषत दरमा मात्रै पूँजीगत लाभकर लाउने हाे भने पनि त्यति वैज्ञानिक देखिँदैन । किनकि ४ वर्ष अगाडीकाे १ लाखले जे जति कुरा खरिद गर्न सकिन्थ्याे ४ वर्षपछि त्यहि कुरा त्यति नै परिमाणमा खरिद गर्न सकिन्न । तसर्थ कर कार्यालयका प्रतिनिधि, अर्थमन्त्रालयका प्रतिनिधि, धिताेपत्र वाेर्ड, नेप्से एवं सिडिएसिका प्रतिनिधि सबैले एकपटक यसतर्फ ध्यान दिनु जरूरी छ । साथै यस्ताे इन्डेक्स राष्ट्र बैंकले जारी गर्ने इन्फ्लेसनकाे तथ्यांकमा अाधारित रहेरसमेत तयार गर्न सकिन्छ साथै कर कार्यालय स्वयंले यस्ताे इन्डेक्स जारी गरिदिन सक्दछ ।

प्रकाशित मिति: २०७५ जेष्ठ २९ गते