वित्तिय अनुपातः शेयर बजारमा आधारभूत विश्लेषणको आधार– भाग–१


के हो वित्तिय अनुपात?

वित्तिय अनुपात कम्पनीको वित्तिय विवरणहरु विश्लेषण गर्न र एउटा कम्पनीको अन्य कम्पनीहरुसँग तुलना गर्न तथा प्रवृत्तिका आधारमा कम्पनीको वित्तिय अवस्थिति देखाउन प्रयोग गरिन्छ । कम्पनीले के कसरी प्रगति गरिरहेको छ र सुधारका लागि आवश्यक क्षेत्रहरु पहिचान गर्न लगानीकर्ता, ऋणी तथा व्यवस्थापकहरुलाई सघाउ पुर्याउँदछ । वित्तिय अनुपातहरु प्रयोगबाट एउटै क्षेत्रको, ठूला वा साना हरेक प्रकारका कम्पनी तथा समग्र इन्डष्ट्रीको वित्तिय सबलता र कमजोरी पहिचान गर्न तथा तुलना सकिन्छ । 

आज पहिलो भागमा हामीले लाभ सम्बन्धी अनुपातहरुको बारेमा चर्चा गर्दैछौं ।

लाभसम्बन्धी अनुपातः

नाफा आर्जन कुनै पनि कम्पनीले सञ्चालन गर्ने व्यवसायको मुख्य उद्देश्य हो । सफल व्यवसाय सञ्चालनका लागि कम्पनीले नाफा प्राप्त गर्नु अति आवश्यक हुन्छ । कुनै पनि कम्पनी वा उसले सञ्चालन गर्ने व्यसायको लागि नाफा भनेको त्यो व्यवसायको इञ्जिन हो । यसले व्यवसायलाई भविष्यतर्फ डोहो¥याउँदछ । किनकी कुनै पनि कम्पनीमा वा उसको व्यवसायमा लगानीकर्ताहरुले आफ्नो लगानीको पर्याप्त प्रतिफल खोज्दछन्, कर्मचारीहरु बढी तलव, ज्याला तथा सुविधा चाहन्छन भने ऋणदाताहरु ऋणको मूलधनका साथै ब्याजको सुरक्षा चाहन्छन् । यस्तो अवस्थामा व्यवसायले नाफा आर्जन गर्नु अनिवार्य हुन्छ । 

व्यवसायको सम्पूर्ण कार्य क्षमताको मूल्यांकन नाफासम्बन्धी विभिन्न अनुपातका आधारमा गरिन्छ । साधारणतया यो अनुपातबाट बिक्री वा लगानीसम्बन्धी अनुपातहरुको मूल्यांकन गरिन्छ । व्यवसायको सफलता वा असफलताको निर्णय नाफाका आधारमा गरिन्छ । लाभसम्बन्धी अनुपातलाई निम्नानुसार दुई भागमा बाँडेर विश्लेषण गरिन्छ । 

(अ) बिक्रीवितरणका आधारमा
(आ) लगानीका आधारमा

(अ) बिक्री वितरणका आधारमाः 

कुनै पनि व्यवसायले बिक्री गर्ने प्रत्येक वस्तु वा सेवाको इकाइृबाट पर्याप्त नाफा आर्जन गर्नुपर्ने हुन्छ । व्यावसाय सञ्चालनको क्रममा बिक्री वितरणको माध्यमबाट पर्याप्त आर्जन गर्न नसकेको खण्डमा व्यवसायको सञ्चालनमा हुने नियमित खर्च, ब्याज भुक्तान गर्न कठिन हुन्छ । यसका साथै लगानीकर्तालाई प्रतिफल समेत वितरण गर्न सकिँदैन । यसै कारणले लाभ अनुपात विश्लेषण गर्दा बिक्रीवितरणलाई अधारमानेर निम्नानुसारका अनुपातहरुको विश्लेषण गर्नुपर्ने हुन्छ । 

(क) कूल नाफाको अनुपातः 

यस अनुपातको गणना कुल नाफा र बिक्रीको आधारमा गरिन्छ । यसलाई साधारणतया प्रतिशतमा व्यक्त गर्ने चलन छ । कुल नाफाको निर्धारण कुल बिक्री रकममा वस्तु बिक्रीको लागत कटाएर गरिन्छ । यस अनुपातको गणनाको शुत्र यस प्रकार छ :

विश्लेषणः यो अनुपातको प्रयोगबाट उत्पादन क्षमता मापन गरिन्छ । यो अनुपात जति बढी हुन्छ त्यति नै कम्पनीको स्थिति पनि सुदृढ भएको मानिन्छ ।


(ख) कार्यसञ्चालन खर्च अनुपातः 

यस अनुपातबाट कम्पनीको कार्य सञ्चालन खर्च र बिक्री बीचको सामन्जस्यता बारे थाह हुन्छ । अर्थात यस अनुपातबाट उत्पादनको लागत संरचनाको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । यस अनुपातबाट बिक्रीबाट नाफा आर्जन गर्न कुन खर्चलाई प्रभावकारी ढंगबाट नियन्त्रण गरिएको छ भनेर थाह हुन्छ । यो अनुपातको निर्धारण निम्न विधिबाट गरिन्छ  :

विश्लेषणः यो अनुपात जति थोरै हुन्छ त्यति नै कम्पनीको स्थिति पनि सुदृढ भएको मानिन्छ । थोरै अनुपातले बिक्री परिमाणमा वृद्धि र सञ्चालन खर्चमा पूर्ण नियन्त्रण भएको स्पष्ट हुन्छ । 


(ग) खुद नाफाको अनुपातः

यस अनुपातबाट बिक्री र खुद नाफाबीचको सम्बन्ध प्रष्ट हुन्छ । कूल नाफाबाट सम्पूर्ण सञ्चालन खर्च, आयकर ,ब्याज तथा प्रशासनिक खर्च आदि घटाई आएको रकमलाई खुद नाफा भनिन्छ । यो अनुपात निर्धारण गर्न खुद नाफालाई बिक्रीले भाग गरिन्छ । यो अनुपातबाट व्यावसायले उत्पादन, सञ्चालन तथा वित्तिय खर्चको नियन्त्रण गर्ने क्षमतालाई मापन गर्दछ । यो अनुपातको निर्धारण निम्न विधिबाट गरिन्छ  :

विश्लेषणः यो अनुपात जति धेरै हुन्छ त्यति नै कम्पनीको लाभयदाय स्थिति पनि सुदृढ भएको मानिन्छ । यो अनुपात थोरै भएमा व्यावसायिक दक्षता र आय कमजोर छ वा अनावश्यक खर्च बढिरहेको छ भन्ने विश्लेषण गरिन्छ । 


(आ) लगानीका आधारमाः 

कुनै पनि कम्पनीमा वा व्यवसायमा गरिएको लगानीलाई त्यस कम्पनी वा व्यावसायले आर्जन गरेको लाभसँग तुलना गरी विभिन्न अनुपातहरुको मापन गरिन्छ । लगानी भन्नासाथ व्यवसायमा निहित कूल सम्पत्ति वा पूँजीमा गरिएको लगानी भन्ने बुझिन्छ । त्यसैले लगानी अनुपातले लगानी तथा खुद नाफाबिचको सम्बन्धलाई जनाउँदछ । लगानीका आधारमा निम्नानुसारका अनुपातहरुको विश्लेषण गर्न सकिन्छ । 

(क) सम्पत्तिको प्रतिफल अनुपातः

विभिन्न किसिमका लगानी पश्चात खुद नाफा र सम्पत्तिबीचको अनुपातबाट लाभ निर्धारण गर्न सकिन्छ । यसलाई एचयाष्त तय ब्ककभतक च्बतष्य पनि भनिन्छ । यो अनुपातबाट नाफा कमाउनका लागि व्यवसायमा रहेको सम्पत्तिको कत्तिको प्रभावकारी उपयोग भएको छ भनेर थाहा हुन्छ । यसलाई प्रतिशतमा व्यक्त गरिन्छ । यो अनुपातको गणना निम्न बिधिबाट गरिन्छ ।

विश्लेषणः यो अनुपात जति धेरै हुन्छ त्यति नै कम्पनीको कूल सम्पत्तिमा नाफाको प्रतिफल बढी हुनु रहेको देखिन्छ । तसर्थ यो अनुपात धेरै भएमा प्राप्त स्रोत साधनको उच्चतम दक्षताका साथ उपयोग गरिएको छ भन्ने विश्लेषण गरिन्छ ।


(ख) शेयरधनीको लगानीवापतको प्रतिफल 

यो अनुपातले खुद नाफा र पूँजीबीचको सम्बन्धलाई प्रष्ट पार्दछ । शेयरधनीहरुले आफूले गरेको लगानीबाट उच्च प्रतिफल प्राप्त गर्न चाहन्छन् । यो अनुपातबाट लगानीकर्ताको पूँजी प्रभावकारी ढंगबाट परिचालन भए नभएको थाह हुन्छ  । यो अनुपात गणनाका लागि शेयरधनीको पूँजी अन्तर्गत साधारण शेयर, अग्राधिकार शेयर, शेयर प्रिमियम तथा अवितरित नाफा संलग्न गरिएको हुन्छ । यो अनुपातको गणना निम्न बिधिबाट गरिन्छ ।

विश्लेषणः यो अनुपात जति धेरै हुन्छ त्यति नै लगानीकर्ताहरुबाट प्राप्त रकमको परिचालन सहि ढंगबाट भएको देखिन्छ ।

(ग) पूँजी लगानीको अनुपातः

यस अनुपातबाट कम्पनीको लगानीकर्ताहरु तथा दीर्घकालिन ऋणदाताहरुबाट संकलन गरिएको रकमको उचित परिचालनका सम्बन्धमा जानकारी पाउन सकिन्छ । नाफा कूल पूँजी लगानीसँग सम्बन्धित रहेको हुन्छ । लगानीकर्ताका साथै ऋणदाताहरुले समेत यस अनुपातका सम्बन्धमा बढी चासो लिएका हुन्छन् । यस अनुपातकै आधारमा तिनीहरुले लगानीसम्बन्धी निर्णय लिने गर्दछन् । यस अनुपातको गणना निम्न विधिबाट गरिन्छ । 

विश्लेषणः यो अनुपात जति धेरै हुन्छ त्यति नै साहू र शेयरधनीबाट प्राप्त रकमको राम्रो सदुपयोग भएको बुझिन्छ । यो अनुपात थोरै भएमा पूँजीको उचित प्रयोग नभएको बुझ्न सकिन्छ । 

प्राविधिक बिश्लेषणका लागि  : 

प्राविधिक बिश्लेषणमा टेवा (support) र अवरोध (resistance) भनेको के हो ? यसमा लगानीकर्ताहरुकोे मनोबिज्ञान कस्तो हुन्छ ?

प्रकाशित मिति : २०७५ जेष्ठ २६ गते