अनलाइन कारोबार प्रणाली लागू भएपछि शेयर बजारमा पर्न सक्ने प्रभाव : एक अध्ययन


इक्विटी नेपाल - काठमाडौँ :
केही दिन अघि नेपालको शेयर बजार नेप्सको लागि अनलाइन प्रणालीको निर्माण गरीरहेको कम्पनी वाइकोले सम्बन्धित निकायहरुसमक्ष सो प्रविधिको बारेमा प्रस्तुति दिई लगभग निर्माणको काम सकिइरहेको बताएको थियो । त्यसपश्चात केही अनलाइन मिडियाहरुमा शेयर कारोबार अनलाइनको माध्यमबाट हुन थालेपछि शेयर बजारमा के कस्तो प्रभावहरु परे भनेर विभिन्न तथ्यांकहरु दिइएको थियो । उक्त तथ्यांकमा छिमेकी देश भारतमा शेयर कारोबार अनलाइनको माध्यमबाट कारोबार शुरु भएको साल सन् १९९४ हो भनेर त्यसकै आधारमा तथ्यांकहरु प्रस्तुत भएको देखेपछि हामीले पनि के रहेछ त हेरौं न भनेर हाम्रो इक्विटि डेस्कबाट उक्त विषयमा एउटा अनुसन्धान गर्यौ । उक्त अनुसन्धानले के देखायो भने भारतमा सर्वप्रथम पहिलो पटक सन् १९९४ को नोभेम्बर महिनाबाट नेशनल स्टक एक्सचेन्ज ( एनएसई) ले पहिलो पटक ओपन आउट क्राइ अर्थात दलालहरुले कारोबार स्थलमा हात उठाएर गरिने कारोबारलाई हाम्रो नेपालमा हाल भइरहेको जस्तै कम्प्युटरको माध्यमबाट अर्थात भारतमै पहिलो पटक कम्प्युटरको स्क्रिनबाट कारोबार गर्ने व्यवस्था मिलाएको रहेछ । त्यस्तै बम्बे स्टक एक्सचेन्ज (बिएसई) ले भने सन् १९९५ को मार्च महिनाबाट कम्प्युटर स्क्रिनबाट यस्तो कारोबार हुने व्यवस्थामा मिलाएको रहेछ । यसरी कम्प्युटरको माध्यबाट भइरहेको कारोबारलाई अनलाईनको माध्यमबाट कारोबार गर्ने व्यवस्था मिलाउन त्यहाँ पनि करिब ६ वर्ष जति लागेको रहेछ । तसर्थ त्यहाँ प्रस्तुत गरिएको अनलाईन शेयर कारोबार शुरु भएको मिति र सो सँग दाँजेर गरिएको विश्लेषणले पाठकहरुमा केही भ्रमहरु पर्न गएको हुन सक्ने देखेरै हामीले थप अनुसन्धान गरेर हेर्दा पाएको कुरालाई यहाँ जस्ताको तस्तै प्रस्तुत गरेकाछौं ।
भारतमा अनलाइन कारोबार प्रणाली सुरु भएको एक वर्षमा ६० प्रतिशतले बजार वृद्धि 

भारतमा कम्प्युटर स्क्रिनबाट कारोबार शुरुवातः

भारतमा नेशनल स्टक एक्सचेन्जले सर्वप्रथम १९९४ को नोभेम्बर महिनाबाट सर्वप्रथम पहिलोपटक ट्रेडिङ्ग पिट अर्थात कारोबारस्थलमा ओपन आउटक्राइको माध्यमबाट भइरहेको कारोबारलाई कम्प्युटरबाट गर्ने व्यवस्था गरेको थियो । उसलाई पछ्याउँदै त्यहाँको अर्को स्टक एक्सचेन्ज बम्बई स्टक एक्सचेन्ज (बिएसइ) ले पनि १९९५ को मार्च महिनाबाट यस्तो प्रविधिको शुरुवात गरी शेयर बजारमा कम्प्युटर प्रविधिको प्रयोग गरेको थियो । 

भारतमा अनलाइनको माध्यमबाट शेयर कारोबारको शुरुवातः

भारतमा सन् २००० को जनवरीमा त्यहाँको नियामक निकाय सेवी अन्तर्गतको कमिटिले अनलाइनबाट कारोबार गर्ने सम्बन्धीको रिपोर्ट स्वीकृत गरेपछि मात्रै इन्टरनेटको माध्यमबाट कारोबार गराई कारोबार म्याचिङ्ग गराउने बाटो खुलेको सम्बन्धी जानकारी त्यहाँको नेशनल स्टक एक्सचेन्ज (एनएसइ) ले आफ्नो वेवसाइटमा राखेको छ । अर्थात सन् २००० पश्चात मात्रै कारोबार गर्न चाहने लगानीकर्ताले स्वयं आफैले बिना ब्रोकरको सहयोग आफैले कारोबार गर्न सक्ने बाटो खुलेको हो । यस्तै सेवीसँग अनुमति प्राप्त ब्रोकरले उसको आफ्नो एक्सचेन्जबाट अनुमति लिएर इन्टरनेट माध्यबाट कारोबार गराउन सक्ने सम्बन्धी सर्कुलर सेबीले जनवरी ३१, २००० मा जारी भएबाट पनि भारतमा पूर्णस्वरुपको अनलाइन कारोबार प्रणाली सन् २००० यता मात्रै शुरु भएको देख्न सकिन्छ ।
 किनकि यस अघि पनि प्रविधिमा परिवर्तन आउँदा बजार बढेको उदाहरण नेप्सेमा रहेका कारण बजार वृद्धिका लागि अनलाइन प्रणाली एउटा कोशेढुंगा रहने निश्चित छ । 
नेशनल स्टक एक्सचेन्ज (एनएसइ) ले फेब्रुअरी २००० मा पहिलोपटक भारतको कोचिन शहरमा रहेको जियोजित सेक्युरिटिजलाई परीक्षण अनुमति दिई इन्टरनेटको माध्यमबाट कारोबारको थालनी गरको थियो । यता बम्बई स्टक एक्सचेन्जले भने मार्च २००१ म पहिलोपटक अनलाईन शेयर कारोबारको थालनी गरेको थियो । 

शेयर दलाल तथा तिनीहरुको शाखामा आएको विस्तार

भारतमा अनलाइन कारोबार थालनी भए पश्चात त्याहाँबाट यता अघिल्लो १० वर्षमा त्यहाँका एक्सचेन्जका शेयर दलाल तथा तिनीहरुको शाखाको संख्यामा ठूलो परिमाणमा वृद्धि भएको देखिन्छ । 

शेयर दलाल तथा तिनीहरुको शाखा
यसरी वृद्धि हुनका लागि त्यहाँको नीतिगत व्यवस्थापनि यहाँको भन्दा सहज रहेको हुनुपर्छ त्यसैले यस्तो वृद्धि भएको हुन सक्छ । यहाँ भने सदस्य दलाल तथा तिनीहरुको शाखा थप्ने भन्दा नथप्नेमै नीतिगत तहका निकायहरु देखिएको हकमा त्यस्तै गरी शेयर दलाल तथा तिनीहरुको शाखाको संख्या बढ्न सक्छ वा सक्दैन भन्ने कुराचाहीँ भोलिका दिनमा आउने नीतिगत व्यवस्थाले देखाउने नै छ ।

इन्टरनेट ट्रेडिङ्गबाट शेयर कारोबारमा आएको वृद्धिः

भरतमा इन्टरनेटबाट कारोबार हुन थालेपछि कारोबारमा आबद्ध हुने लगानीकर्ताहरुको संख्या तथा कारोबार रकममा भारी वृद्धि भएको देखिन्छ । इन्टरनेटबाट कारोबार शुरु भएपश्चातका १० वर्षमा के कस्ता वृद्धिहरु भएको रहेछ भनेर तलको टेबलबाट देख्न सकिन्छ । 

अनलाइन प्रणाली सञ्चालनमा आएपछि बजार सूचकमा आएको परिवर्तन 

भारतमा त्यहाँ रहेका दुई वटै एक्सचेन्जहरुको तथ्यांकले भारतमा अनलाइन प्रणाली सञ्चालनमा आएपश्चात कारोबार संख्या र सदस्यको संख्यामा मात्रै वृद्धि भएको छ्रैन । अनलाइन प्रणालीबाट कारोबार सुरु भएको पहिलो वर्षमा त्यहाँको बजार सूचक पनि झण्डै ६० प्रतिशतले वृद्धि भएको देखिन्छ । बिएसई को सेन्सेटिभ इन्डेक्स करिब ५७ प्रतिशतले तथा एनएसईको निफ्टी इन्डेक्स ६० प्रतिशतले वृद्धि भएको तथ्यांक रहेको छ । 

माथी प्रस्तुत गरिएको तथ्यांकहरुको आधारमा निष्कर्षमा के भन्न सकिन्छ भने नेपालको शेयर बजारमा समेत अनलाइन प्रणाली लागू भएपश्चात बजार बढ्ने निश्चित छ । किनकि यस अघि पनि प्रविधिमा परिवर्तन आउँदा बजार बढेको उदाहरण नेप्सेमा रहेका कारण बजार वृद्धिका लागि अनलाइन प्रणाली एउटा कोशेढुंगा रहने निश्चित छ ।