बुटवल पावरले गर्यो २० प्रतिशत नगद लाभांश घोषणा


इक्विटी नेपाल - काठमाडौँ :
बुटवल पावर लिमिटेडले आ.व ०७३/७४ को मुनाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। कम्पनीले केही समय अगाडी निष्कासन गरेको एफपीओ समेतले पाउने गरी नगद लाभांश प्रस्ताव गरेको हो। उक्त प्रस्तावित लाभंषा कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण गर्ने गर्ने जनाएको छ। 
कम्पनीले केही समय अगाडी निष्कासन गरेको एफपीओ समेतले पाउने गरी नगद लाभांश प्रस्ताव गरेको हो।
साथै बुटवल पावर लिमिटेडले आफ्नो २५ औ वार्षिक साधारणसभा २०७५ जेष्ठ ८ गते बिहान १० बजे बबरमहल काठमाडौँ स्थित कार्की ब्याङ्क्वेटमा बस्ने जनाएको छ। साधारणसभा प्रयोजनका लागि कम्पनीले २०७५ वैशाख २७ गतेदेखि २०७५ जेष्ठ ८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। अर्थात् २०७५ वैशाख २६ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीले घोषणा गरेको नगद लाभांश प्राप्त गर्न सक्ने छन्।