प्रिमियर इन्स्योरेन्सले बोलायो साधारण सभा

इक्विटी नेपाल - काठमाडौँ :
प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २४ औ वार्षिक साधारणसभा आउँदो चैत्र २६, २०७४ का दिन बोलाएको छ।  उक्त सभा काठमाडौँ नक्साल स्थित नक्साल ब्यांक्वेटमा बिहान १० बजेबाट सुरु हुने जनाएको छ। 

उक्त सभाका मुख्य एजेन्डाहरुमा :

  • संचालक समितिको आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदन पारित गर्ने। 
  • कम्पनीले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबटा प्रस्तावित १३ दशमलव ५२ प्रतिशत बोनस शेयर तथा बोनश शेयरको कर प्रयोजनका निम्ति रु ३६,५९,७४९ नगद लाभांश पारित गर्ने। 
कम्पनीले घोषणा गरेको लाभांश लिनको लागि चैत ८  गतेभित्रमै शेयर किनिसक्नु पर्नेछ । सो मितिभन्दा अगाडि कायम रहेका शेयरधनीले नगद लाभांश र बोनस सेयर प्राप्त गर्नेछन् । कम्पनीले चैत ८  देखि साधारणसभा हुने दिन अर्थात चैत २६  गतेसम्म सेयर दाखिला बन्द हुने जानकारी गराएको छ ।

हाल घोषित बोनस शेयर तथा नगद लाभांश केहि समय अगाडी जारी गरिएको एफपीओ खरिद गर्ने शेयरधनीले पनि पाउने कम्पनीले जनाएको छ।