सरकार निजी क्षेत्रमैत्रीः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार निजी क्षेत्रमैत्री रहेको पुष्टि भइसकेको बताएका छन् । राजश्व परामर्श समिति र निजी क्षेत्रका छाता संगठनहरुबीच आगामी बजेटबारे मन्त्रालयमा भएको अन्तक्र्रियामा आइतबारे मन्त्री पुनले पछिल्लो समय सरकारले निजी क्षेत्रमैत्री वातावरण निर्माण गरेको बताए । लगानी अनुकूल वातावरण निर्माणका लागि अध्यादेशमार्फत विभिन्न ८ वटा कानूनमा गरिएको सुधार […]

रोकिएन युवा पलायन ५ लाख बढीले लिए श्रम स्वीकृति

काठमाडौं । मुलुकमा रोजगारी नहुदाँ वाध्य भई विदेश जाने युवाको संख्या दिनानु दिन बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको ९ महिना(साउन देखि चैतसम्म) को अवधमिा ५ लाख ३९ हजार ६८ जनाले श्रम स्वीकृति लिएका छन् । चैतमा ७० हजार ९ सय ३३ जनाले श्रम स्वीकृति लिएका छन् । फागुनमा ६५ हजार ६ […]

कूल पुँजी ३ खर्ब रहेको घरजग्गा कारोबार भने अझै सुस्त

काठमाडौं । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरु सकारात्मक देखिएको भए पनि अझै व्यावसायिक वातावरण निर्माण हुन भने सकिरहेको छैन । समग्र अर्थतन्त्रको असर घरजग्गा कारोबारमा पनि उत्तिकै देखिएको छ । केही सुधारका सकेङ्तहरु देखिए पनि घरजग्गामा आशातित उपलब्धि हासिल हुन सकिरहेको छैन । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्कले सूचकहरु सकारात्मक हुँदाहुँदै पनि घरजग्गा कारोबार […]

बैंकको ब्याजदर निरन्तर घट्दो अवस्थामा

काठमाडौं । पछिल्लो समय बैंकको ब्याजदर घट्दै गएको छ । चालु आर्थिक वर्षको आठ महिनासम्ममा बैंकको ब्याजदर घट्दो क्रममा रहेको हो । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा बैंकको आधार दर १.३४ प्रतिशत विन्दुले घटिसकेको छ भने कर्जाको भारित औषत ब्याजदर १.४६ प्रतिशत विन्दुले घटिसकेको छ । बैंकको ब्याजदर घट्दो क्रममा रहे पनि कर्जा विस्तार भने […]

बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई काठमाडौं महानगरको पत्राचार

काठमाडौं । ‘आरबी कम्प्लेक्स’ र ‘पिपुल्स प्लाजा’ ले लामो समयदेखि कर तिर्न आलटाल गरेपछि काठमाडौँ महानगरपालिकाले ३५ दिनभित्र बुझाइसक्न पत्राचार गरेको छ। आरबी कम्प्लेक्सले अहिलेसम्मकै बहाल र सम्पत्ति कर तिरेको छैन। ‘पिपुल्स प्लाजा’ ले विगत तीन वर्षदेखि बहाल र सम्पत्ति कर नतिरेको कामपाको राजस्व विभागले जनाएको छ। कामपा राजस्व विभागका प्रमुख धु्रव काफ्लेका अनुसार लामो […]

सरकारले विश्व बैंकको १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं ।  सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यही वैशाख २८ गते शुक्रबार दिउँसो २ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न […]

नेपाली उत्पादन अन्तराष्ट्रियस्तरमा निर्यात हुने गरी योजना बनाइने : मन्त्री भण्डारी

अछाम । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरि योजना बनाइने बताएका छन्। प्रेस चौतारी नेपालले शनिबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उद्यमशिलता र रोजगारीविना मुलुक समृद्ध नबन्ने भएकाले सबैले उद्यम गर्नुपर्नेमा जोड दिए। उनले उद्योग र उद्यमशिलताको विकासविना मुलुकमा समृद्धि नआउने बताए। मन्त्री भण्डारीले […]

९२ लाखको लागतमा खानेपानी आयोजना निर्माण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ ¥यालेखोर र भाइवाङमा ९२ लाख रुपैयाँ लगानीमा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत खानेपानी आयोजना निर्माण भएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको ९२ लाख २४ हजार ९ सय ८७ रुपैयाँको लागतमा निर्माण भएको आयोजनाबाट एक सय घरपरिवार लाभान्वित भएका छन् । उपभोक्ता समितिका अध्यक्ष […]

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गर्दा विवाद नआउने गरी काम गर्ने बताएका छन् । बजेट निर्माण सम्बन्धमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञसँग सुझाव लिन शुक्रबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री पुनले करका दर हेरफेरमा कसैको दबाब वा स्वार्थपूर्ति हुने गरी काम नगर्ने प्रतिबद्धता जनाए । […]

सुन्तला बेचेर म्याग्दीमा २१ करोड भित्रियो

म्याग्दी । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष २१ करोड रुपैयाँभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज हो । म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट रु २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी सम्झना आचार्यका […]